अब धुलो र हिलो लागेको सवारी साधन काठमाडौं भित्रिन नपाउने

बुधबार, २२ माघ २०७६

काठमाडौं -सरकारले काठमाडौँ भित्रने सवारी साधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले धोई पखाली गरेपछि मात्रै उपत्यका प्रवेश गराउने भएको छ। सवारी साधन धुने ठाउँ ९वासिङ सेन्टर० को निर्माण भएपछि उपत्यकामा सवारी साधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ।

उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारी साधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउए। उनका अनुसार विभागले अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ। उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरु हुने उनको भनाइ छ। उनले भने, ुपटक पटक धादिङ पुगेर हेरिरहेको म आफैँ हेरिरहेको छु।

अहिले झण्डै ५र६ ठाउँमा जग्गा हेरिरहेकामा उपयुक्त स्थान छनोट हुने बताइएको छ। यसले गर्दा सवारी साधनका कारण हुने धुलो र हिलो कम हुने विश्वास गरिएको छ। उपत्यकाबाहिरदेखि आउने सवारीसाधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारीसाधनले समेत उपत्यकाका सडक फोहर बनाइरहेको महानिर्देशक हमालले बताए।

काठमाडौँ उपत्यकाका सडक धुलो र हिलोका कारण उपत्यकावासी हैरान छन्। काठमाडौँ महानगरपालिका, ललितपुर माहानगरपालिका, सडक विभाग लगायतले सडकको धुलो सफा गर्नका लागि यान्त्रिक कुचो सञ्चालन गरिरहेका छन्। सवारीसाधनबाटै भित्रने फोहर, निर्माण सामग्रीलगायतले दैनिक फोहर भित्र्याउँदा सडक धुलो र हिलोमुक्त भने बन्न सकेको छैन।