अटो दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

बिहिबार, २३ माघ २०७६

काठमाडौं-विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।आज (बिहीबार) विहान विराटनगर महानगरपालिका(१०) अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा चालक ४५ वर्षीय सलिम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा घाइते भएका मियाँको विराटनगरको न्युरो अस्पतालामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा विराटनगर(१० की ५५ वर्षीय मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरब रहेका छन् । उनीहरुको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।