प्रदिप कुमार ज्ञवलीलेगुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु
काठमाडौं–२३ माघ, गुल्मी सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम बिहीबारबाट गुल्मीमा सुरु भएको छ ।
जिल्ला सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
बिमा कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री ज्ञवालीले गरिबी, अशिक्षा, न्यून चेतना, स्वास्थ्यमा सहज पहुँचको अभाव, बदलिंदो जीवन शैलीका कारण स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरु थपिँदै गएको बताए ।