एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङ धरौटीमा रिहा

बिहिबार, २३ माघ २०७६

काठमाडौँ -कास्की गण्डकी प्रदेशका सांसद दीपक ‘मनाङे’ का नामले चिनिने राजीव गुरुङले हातपात गरेका अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ धरौटी छुटेका छन् ।

उच्च अदालत पोखराले दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि गुरुङ जेलबाट छुटेका हुन् ।

उनलाई तारेखमा छाडेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो । गुरुङ बैकिङ कसुर अन्तर्गत पक्राउ परेका हुन् ।