जेलबाट छुटाइदिन्छु भन्दै ४२ लाख लिने वकिल पक्राउ

शुक्रबार, २४ माघ २०७६

काठमाडौं-जेलमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ४२ लाख रकम घूस लिएको आरोपमा एक वकिल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले माइतीघरमा रहेको जनन्यायिक कानुनी सेवा केन्द्रका अधिवक्ता टंक रानामगरलाई पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी सहकुल थापाका अनुसार रानामगरले राजस्व चुहावटमा पूर्पक्षका लागि जेल चलान भएका रमेश दहालको परिवारसँग सो रकम लिएका थिए । छुटाइदिने भन्दै रकम लिँदासमेत रमेश नछुटेपछि उनका आफन्त प्रहरीको शरणमा पुगेका थिए ।