ट्राफिक नियम मिच्नेलाई अब यति धेरै जरिवाना

शुक्रबार, २४ माघ २०७६

काठमाडौं- ट्राफिक नियम उलंघन गर्नेलाई १ लाखसम्म जरिवाना हुने भएको छ। यातायात व्यवस्था विभागले सो नियम ल्याउने तयारी गरेको हो। विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार संघीय यातायात ऐनको मस्यौदामा न्यूनतम ५ हजारदेखि १ लाखसम्मको जरिवाना प्रस्ताव गरिएको जानकारी दिए। मापसे गरेर गाडी चलाए, लेन क्रस गरे ५ हजार र चोरीको गाडी चलाए १ लाख जरिवानाको प्रस्ताव गरेका छौं। यी बाहेक अरु कसुरहरुमा पनि जरिवाना बढाएका छौं,’ उनले भने। विभागले ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको छ। मन्त्रालयले कानून मन्त्रालय र सम्बन्धित निकायसगँ छलफल गर्दै मस्यौदा संसदले पारित गरेपछि यो नियम लागू हुनेछ।