भ्रष्टाचार घटेकै हो त : प्रचण्ड ?

शुक्रबार, २४ माघ २०७६

काठमाडौं -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार रोकिएको ग्राफ राम्रो नआउने बताएका छन्। शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय समितिको सपथ ग्रहण तथा एकताको प्रथम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

अहिले बेस्सरी गर्यौं भने पनि जताततै देखिएको निराशाले यहाँ केही चिज ठीक नभइरहेको देखाएको छु प्रचण्डले भने ‘हामीले भन्न त भनेका छौं भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं। यो घोषणा आफैंमा राम्रो कुरा हुँदै हो। तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि संघसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ग्राफचाहिँ राम्रो आउँदैन।

प्रचण्डले कर प्रणाली जनताको पक्षमा भन्दा जनताको विरोधीको पक्षमा हुन थाल्यो कि क्या हो भन्ने जस्तो देखिएको बताए। उनले भने ‘जसलाई उत्थान गर्नुपर्ने हो त्यसलाई सुविधा दिनतिर केन्द्रित भयौं कि त्यसले झन् असुविधा महसुस गरेर कता-कता उकुसमुकुस भएजस्तो स्थिति छ।

त्यस्तै भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा सामुहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको उनको दाबी छ।उनले केन्द्रीय समितिको बैठकमा एकरुपता कायम भएर अभियानात्मक रुपमा अगाडि बढेको बताए।