निर्मला पन्तकै शैलिमा फेरि उखुबारीमा एक युवतीको शव भटियो

शुक्रबार, २४ माघ २०७६

काठमाडौँ-विराटनगर महानगरपालिका–१२ बखरीस्थित उखुबारीमा युवतीको शव भेटिएको छ । शुक्रबार बिहान घाँटी काटेर सलले बेरेको अवस्थामा युवतीको शव भेटिएको हो । मोरङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार अन्दाजी २४/२५ वर्षीया देखिने युवतीको घाँटीमा काटेको चोटसमेत रहेकाले उनको हत्या भएको आशंका छ । शुक्रबार उखु काट्न गएका मजदुरले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘युवतीको पहिचान खुलेको छैन’, थापाले भने ‘घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।’