इलेक्सन एक्यान : दीपक पाण्डेको प्यानल घोषणा
काठमाडौँ – आगामी फागुन १० गते नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को चुनाव हुँदैछ । निर्वाचनका लागि एक्यानका अध्यक्ष आनन्द वाग्ले र उपाध्यक्ष दीपक पाण्डे चुनावी मैदानमा छन् ।
उनीहरुले आ–आफ्नो प्यानलसहित चुनाबी मैदानमा होमिने लगभग पक्का भएको छ । अध्यक्षका प्रत्यासी पाण्डेले आफ्नो चुनावी प्यानलनै घोषणा गरेर भोट माग्न सुरु गरिसकेका छन् । उनको प्यानलमा उपाध्यक्षका लागि समेश धिताल, महासचिवमा विदुर अर्थाल र कोषाध्यक्षमा सुशिल घिमिरेले उमेद्वारी घोषणा गरेका छन् ।
त्यस्तै, सदस्यहरुमा शेषमणी ढकाल, अनिल बन्जारा, कृष्ण रानाभाट, संजिता नेपाल, श्याम खड्का, अशिस अर्यालले पाण्डे प्यानबाट आफ्नो उमेद्वारी घोषणा गरेका छन् ।
प्यानलसहित चुनावी मैदानमा होमीएका पाण्डेले सबैलाई समेट्ने गरि टीम बनाएको बताए । पाण्डेले एक्यानियनहरुको भावनाको कदर गर्दै चुनावी मैदानमा होमीएको बताए ।
