कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ७२२ पुग्यो

शनिबार, २५ माघ २०७६

काठमाडौँ -डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शनिवारसम्म ७२२ व्यक्तिको ज्यान लिएको छ ।

चिनियाँ स्वाथ्य अधिकारीका अनुसार कोरोना भाइरसको प्रकोपमा पछिल्लो चरणमा आएर क्रमिक रुमपा सुधार भइरहेको छ ।विश्व स्थाथ्य संगठनको सहयोग तथा परामर्शका आधारमा अहिले चीनका विभिन्न अस्पतालमा उपचार गराइरहेका विरामीहरुलाई कोरोना भाइरस संक्रमण विरुद्ध खोप लगाउन शुरु गरिएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार हुपेई प्रान्तके वुहान शहरस्थित अस्पतालबाट उपचारपछि ८१७ जना विरामीहरु डिस्चार्ज भएर बिहीवार घर फर्किएका छन् । उनीहरुलाई एकीकृत रुपमा परम्परागत चिनियाँ उपचार पद्दति र पश्चिमी पद्दतिबाट उपचार गरिएको थियो ।
भाइरसको संक्रमण विश्वभर फैलिएको भएपनि यसले चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ ।पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणका कारण चीनमा ३४ हजार ५९८ हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । एजेन्सी