जव इटहरीका मेयर चौधरीले ४५ लाख घुस मागे !

शनिबार, २५ माघ २०७६

इटहरी – इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले ४५ लाख रुपैयाँ घुस मागेको खुलासा भएको छ । चौधरीले नेकपा नेता तथा इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईँसँग ४५ लाख रुपैयाँ घुस मागेका हुन ।

शुक्रबार मेयर चौधरीले नगर प्रहरी खटाएर चौलागाईँलाई पक्राउ गर्न लगाएपछि यो रहस्य बाहिरिएको हो । नेकपा नेता तथा इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईँले सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै मेयर चौधरीले आफूसँग ४५ लाख घुस मागेको बताएका हुन् ।

चौधरीले चुनावको ऋण तिर्न र छोरोको विबाह गर्दा लागेको ऋण तिर्नका लागि ४५ लाख रुपैयाँ घुस मागेको आरोप लगाएका हुन । उनले भनेका छन्, ‘हद भएसी रामप्रसाद चौंलागाई प्रति आज इटहरी मेयर द्वारिक चौधरी हर्कत, श्रद्धेय क. माधव नेपालको पार्टी कार्यक्रममा निषेध, इटहरी छाड्न आदेश र इटहरीमा सदैब प्रवेश निषेध, ७ दिन भित्र घर भत्काउन आदेश, नगर प्रहरीलाइ पक्रन आदेश र मेरो घर र इटहरी खानेपानी अफिस सर्च । नेता चौलागाईँले पैनी मिचेर घर बनाएको भन्दै मेयर चौधरीले यसअघि पनि पटक–पटक काउन्टर दिदैँ आएका थिए ।’

उनले अगाडि भनेका छन्, ‘यो सब खानेपानीको लागि ३ ठॉउ १७, १६ र १० नं. वडामा जग्गा किन्दा ४५ लाख रक़म माग्नु भयो, चुनावको ऋण र छोराको विवाहको ऋण तिर्नु छ ४५ दे भन्नु भयो तर यो मबाट सम्भव छैन भनेसी मैले तेरो कारणले ३ कट्ठा जग्गा ७२ लाखमा बेचि ऋण तिरें अब म देखाइ दिन्छु । मेयर चौधरीले गत जेष्ठ २ गते काठमाडौँको अनामनगरमा तँ बाहुन अब मेयर कसरी बन्छस् भन्दै हप्काएर उक्त अवस्था सृजना भएको छ ।’