डोरीविनानै अग्ला अग्ला भवनमा चढ्ने स्पाइडरम्यान
एजेन्सी – फ्रान्सका ‘स्पाइडरम्यान’ नामले चर्चित एलिन रोबर्टलाई ५०२ फिट अग्लो भवन ‘स्काइपर’ टावरमा चढेकाले उनलाई जर्मन प्रहरीले पक्राउ गरेको थियो ।
४२ तला रहेको यो टावर जर्मनीको आर्थिक राजधानीको केन्द्र हो । ५७ वर्षीय रोबर्टले भवन चढ्नका लागि न कुनै अधिकारीहरुसँग अनुमति लिए न त कुनै सुरक्षाको उपकरण नै प्रयोग गरे । काँचबाट निर्मित यस भवनमा रोबर्ट २० मिनेटसम्म चढे ।
उनको यस प्रकारको हरकत देखेर त्यहाँका मानिसहरुले भिडियो बनाए । प्रहरीको आग्रहमा रोबर्ट जब तल ओर्ले उनलाई आफ्नो ज्यान जोखिममा पारेकाले पक्राउ गरिएको हो । तर भवनमा कुनै प्रकारको नोक्सान भने पुगेको छैन ।
रोबर्ट यसभन्दा अघि पनि विभिन्न अग्ला भवनहरु चढिसकेका छन् । उनी विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलिफा (२७१६ फिट) चढिसकेका छन् ।
यसको अलवा ताइवानको ३३१ फिट अग्लो ताइपे टावर, लण्डनको लयड्स विलिडङ, न्यूयोर्क को अम्पाइर स्टेट्स र फ्रान्सको एफिल टावरमा चढिसकेका छन् । फ्रि क्लाइम्बिङमा कुनैपनि प्रकारको सुरक्षा उपकरणको प्रयोग गरिँदैन जसकारण ज्यान गुमाउने जोखिम उच्च हुन्छ ।