सत्तारुढ नेकपा अध्यक्षको अश्लिल अडियो टेप सार्वजनिक, जनस्तरबाटै कारवाहीको माग (अडियो सहित)

सोमबार, १९ फाल्गुन २०७६

धनगढी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलाली अध्यक्ष रतन थापाको अश्लिल हर्कत सार्वजनिक भएको छ । उनले एक महिलासँग अश्लिल कुराकानी गरेको अडियो टेप सार्वजनिक भएपछि जनस्तरबाट कारवाहीको माग भएको छ ।

सुदूरपश्चिम प्रदेश कमिटिको आइतबार धनगढीमा बसेको बैठका सहभागी नेताहरुले पनि परस्त्रीसँग् अनैतिक संवाद तथा योजनामा भ्रष्टाचार गरेको अडियो तथा भिडियो सञ्चारमाध्याममा व्यापक आएको भन्दै कारवार्हीको माग गरेका हुन ।

सञ्चार माध्यममा आएको अडियो पार्टीको शाख गुमेको भन्दै थापालाई तत्काल कार्वाही गर्नु पर्ने अधिकांश प्रदेश कमिटी सदस्यहरुले धारणा राखेका छन् । बैठकमा प्रदेश कमिटी सदस्य महादेव बजगाई, कर्ण कुँवर लगाएतका नेताले अनैतिक क्रियाकलापमा संलग्न जोशुकैलाई कारवाही गर्न प्रस्ताव ल्याएका हुन ।

प्रदेश सदस्य बजगाइले अडियोकै कारण तत्कालिन सञ्चार मन्त्री गोकुल बास्कोटा लगाएतकालाई कारवाहीको दायारामा ल्याउनु पर्ने प्रस्ताब गरे । बैठकमा प्रदेश कमिटी सदस्य कर्ण कुँवरले पार्टीको शाख जोगाइराख्न पार्टी केन्द्रदेखि बसेका नजिरहरु बसेको भन्दै यस्ता गलत प्रबृति, आचरणहिन, नैतिक पतन भएका व्यक्ति पार्टीको जिम्मेवारीमा बस्नु पार्टीलाई पनी ठुलो नोक्सानी हुने प्रष्टाउँदै थापालाई तुरुन्तै पार्टी सदस्य पनी नरहने गरी कारवाही गर्न पार्टी नेतृत्वलाई सुझाब दिए ।

यस्तै उनको जिल्ला पार्टी कार्यालयमा राखिएको नेम प्लेटमा (अनैतिक अध्यक्ष) को ट्याग लगाईएको थियो । लगातार विभिन्न विवादमा तानिदै आएका अध्यक्ष थापाको कार्यकक्षको नेम प्लेटमा अनैतिक अध्यक्षको ट्याग लगाएको भेटिएको थियो । अध्यक्ष थापा पदभार ग्रहण गर्नुभन्दा अघिनै विवादमा तानिएका थिए ।

उनले कार्यकक्षमा रहेको दराजको ताला तोडेर माईनुट कब्जादेखि लम्कीस्थित एक एफएमलाई दिएको अन्र्तवार्ताले उनलाई विवादमा तानेको थियो । अध्यक्ष थापा त्यस पछिपनि लगातार विवादमा तिनिदै आए, दुई श्रीमतीविहे गरेका थापाको परस्त्री सँगको अश्लिल यौन संवादले विवादमा तानेको थियो । सोही विवादलाई लिएर अध्यक्ष थापालाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबारहीको माग गरिएको थियो ।

यस्तो थियो परस्त्रीसँगको अश्लिल यौन संवाद

दुईवटी वैधानिक श्रीमती हुँदाहुँदै नेकपा कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य रतन थापाको तेस्री महिलासँगको टेलिफोन रेकर्ड सार्वजनिक भएको थियो । थापाले तिनमहिलालाई डार्लिङ मात्रै भनेका छैनन् पटक–पटक यौन सम्बन्ध राखेको पुष्टि हुनेगरी छिल्लिएका छन् । आठ मिनेट लामो टेलिफोन संवादको संक्षिप्त रूप यस्तो छ ।

महिला : किन फोन काटेको
थापा : घरबाट छोरा आएको थियो बोलाउन त्यसैले काटेको के १ घर नजिकैको होटलमा अलि अलि खाँदै छु ।
महिला : बूढी कता छन् ।
थापा : घरमै ।
महिला : तपाईं माया नै गर्नुहुन्न ।
थापा : किनगर्दिनँ, गर्छु त ।
महिला : रक्सी खाएको बेलामात्रै त हो, म हजुरले भनेका बेला भेट्न आउँछु ।
थापा : अरे बाबा माया गर्छु क्या १ हजुरजस्तो जहाज मा आउने हैसियत छैन । बरु भनि बक्स्यो कहिले आऊँ
महिला : म भोलि नै आउनु भन्छु ।
थापा : ल ल टिकट पाएभोलि नै आउँछु ।
महिला : खोइ माया गर्नुहुन्न ।
थापा : सबै भइसकेको छ, अनि कस्तो माया चाहियो ?
महिला : त्यत्ति मात्रै हो र माया भनेको ।

थापाले मेरो जीवनमा तिमिबाहेक अरू कोही छैन सम्म भन्न भ्याउँछन् । साथीहरू सित छु, सबै चिजगरी सकेको छु, अब कस्तो माया चाहियो भन्दा महिला अरूको अघि आफ्नो कुरा भनेकाले होला रिसाएर फोन काट्छिन् । अनि थापा रक्सीखाँदै गरेका आफ्ना साथीहरूसँग भन्छन् ‘महिलाहरू आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउँछन् ।

यो महिला अर्ब पति छ, नेवार समुदायकी हो । निकै राम्री पनि छ । यिनीहरूको अष्ट्रेलिया तिर समेत कारोबार छ । श्रीमान् छैन, एक छोरी छ । मैले नेपालगञ्ज आऊ भन्ने बित्तिकै काठमाडौँबाट जहाजको टिकट काटेर आइहाल्छे ।’ फोनमा बारम्बार ती महिलाले माया नगरेको गुनासो पोख्छिन् । सांसद थापाले जवाफ दिँदै भन्छन, ‘मैले कममाया गरेको छु र’ महिलाले आफ्नो पैसा ब्याजमा लगाउन सहयोग नगरेको गुनासो समेत राखेकी छन् ।

दुई विवाह गरेका थापाले जेठी श्रीमती र दुई छोरालाई अंशसमेत नदिएर अलपत्र पारेका छन् भने कान्छी श्रीमती टीकालाई लम्की चुहा नगरपालिकाको उपमेयर बनाएका छन् । राजनीतिज्ञ भन्दा बढी व्यवसायीमानिने ५२ वर्षीय थापा र उनकी प्रेमिकाबीच केही महिना पहिलेको यो अडियो अहिले कैलालीका नेकपा कार्यकर्ताको हात९हातमा छ । अध्यक्ष थापा भने आफू अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको मान्छे भएकाले कसैले कुनै कारबाही गर्न नसक्ने बताउँदै हिँडेका छन् ।