डलर साट्ने क्रममा ठगि गर्ने पक्राउ

सोमबार, १९ फाल्गुन २०७६

काठमाडौं–इलाका प्रहरी कार्यालय बनेपाले अमेरिकी डलर सटही गर्ने वहानामा ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक बाह्रविसे ३ का रामबहादुर तामाङ्गलाई पक्राउ गरिएको प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनले गत कात्तिक २७ गते तामाङ्गले बनेपाकी विमला गुरुङ्गलाई डलर काट्ने बहानामा २ लाख ५० हजार ठगी गरेका थिए । आफूसँग ५ हजार ५ सय डलर छ भन्दै उनले गुरुङ्गसँग ५ लाख मागेका थिए ।

तर गुरुङ्गले आफूसँग २ लाख ५० हजार छ भनेपछि तामाङ्गले त्यत्ति नै पैसा लगेका थिए । गुरुङ्गले डलर हेर्दा पछि १ र २० को मात्र कही डलर भएको र बिच्चमा डलर साइजको कागज फेला पारेकी थिइन् ।

गुरुङ्गको जाहेरीमा उनलाई बनेपा तीनदोबाटोबाट पक्राउ गरिएको हो । साथै तामाले तिलकबहादुर तामाङ्ग र शर्मिला दमाइको मिलेमतोमा गोदावरीका नवराज नगरकोटीसँग पनि ५ लाख ठगी गरेको खुल्न आएको छ ।