प्रेरक प्रसंग : आठ अँगुल

मंगलबार, २० फाल्गुन २०७६

काठमाडौं–कुनै गाउँमा एकजना पुरुष बस्थे । उनको ठुलोदाईको निधन भयो । उनकी ठुली भाउजु पौराणिक विचार भएकी थिइन् । पुरुषले भन्यो–“म दाजुको अन्त्येष्टी वैदिक रीतिबाट गर्न चाहन्छु ।’’ तर उनकी भाउजु, जसले गरुड पुराण सुनेकी थिइन्, उनले मानिनन् र भनिन्–“यो त हुनै सक्दैन । मेरो पतिले स्वर्गमार्गमा कष्ट भोग्न सक्नु हुन्छ ,त्यसैले पौराणिक रीतिबाट नै गराउँछु ।” भाइ बिचरा चुप लागे । भाउजुले पौराणिक रीतिबाट नै उसको त्रियाकर्म, वैतरणी, गौदान आदि गरिन् । भाइले ती भाउजुसँग भने–“भाउजु , गरुड पुराणमा त अंगुष्ठप्रमाण शरीर लेख्याँछ । अनि त्यही अंगुष्ठप्रमाण शरीर अनुसारकै दाजुको हात सानोसानो भयो भने तपाईले वैतरणी पार गर्न दान गरेको गाईको त्यति मोटो पुच्छर कसरी समात्छन् त ?’’दशौ र एकादश दिनमा भाउजुले धोती, कुर्ता, पलङ, गद्दा, हाती, घोडा आदि सब दान दिन भनेर एकत्र गरिन् । भाइले भने–‘‘भाउजु, अंगुष्ठप्रमाण शरीर भएका दाजुका लागि किन यति ठुलो पलङ ? कता कता मात्र सुत्नी ? अनि यत्रो ठुलो सिरक डस्ना के गर्ने ? अंगुष्ठप्रमाण रीर भएका दाजुलाई पु¥यो भने दाइ निस्कन पनि सक्दैनन् । अंगुष्ठप्रमाण शरीर भएका दाजुको शरीरमा यत्रो धोती, कुर्ता के गने, नङ जत्रा जुत्ता चाहिनेलाई यो जुत्ता के गर्ने ?’’

भाउजुले भनिन्– “देवरज्यू मसँग बहस नगर्नुस्, जे गरिरहेको छु, गर्न दिनुहोस् ।’’ देवरले फेरि भने–“ल, यो रथ, हात्ती, घोडा भाँडाकुडा सबै दान गरेपछि त दाइ भए ठाउँमा पुग्ला । तर हाम्रो दाइ त अफिम पनि खान्थे नि त । त्यसैले यी पण्डितलाई आधा पाऊ अफिम पनि खान लगाउनुहोस् । दाइलाई उता आनन्द मिल्थ्यो । अफिम बिना उनलाई उनलाई बडो कष्ट भएको होला त्यहाँ बस्न पनि सकेका छैनन् होला ।’’ भाउजुले सोचिन्, यो त ठिकै कुरा हो । अनि उनले पण्डितलाई भनिन्– “ल यो पनि खानुहोस्, यो बिना त मेरा पतिलाई निकै कष्ट हुन्छ । यो खानु भएन भन ेम अरु चीज पनि दिन्न र दिएका पनि फिर्ता लिन्छु ।’’ देवरले फेरि भने– “भाउजु, तपाई पनि त दाइकी प्यारी हुनुहुन्थ्यो । तपाईहरु एकछिन पनि छुट्टिन हुन्थेन । तपाई बिना पनि उहाँलाई निकै गाह्रो भएको होला । तपाई पनि यी पण्डितसँगै जानुहोस् । उनलाई पत्नीसुख पनि मिल्छ नि ।”

बस्, भाउजुले बुझिन् आडम्बर देखिएछ । अनि उनले सबै सामान फिर्ता लिइन् ।