अस्पतालबाट चोरी भयो दुई वटा फ्रिज
डोटी – जिल्ला अस्पताल डोटीबाट फ्रिज चोरी भएको छ । स्वास्थ कार्यलयका लागि खरिद गरिएका दुईवटा फ्रिज चोरी भएको जिल्ला स्वास्थ कार्यालय डोटीले जनाएको छ ।
आफू कार्यालय प्रमुख भएर आउँदा सबै सामानको लेखाजोखा गर्दा फार्मेसीको च्यानल गेटभित्र राखिएका फ्रिज एआरटीमा राख्नु पर्यो भनेर गाडी लगेर जाँदा खोलमात्र भेटिएपछि खोजीका लागि जिल्ला प्रशासन कार्यालय डोटीमा उजुरी दिएको जिल्ला स्वास्थ कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
उजुरी दिएको सात महिना हुँदा पनि पत्ता नलागेको स्वास्थ प्रमुख मलासीले बताए । प्रशासनमा उजुरी आए लगत्तै थप अनुसन्धान र कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको डोटीका प्रमुख जिल्ला अधिकारु टेकनारायण पौडेल बताए । अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।