जमिनको लालपुर्जा गाउँपालिकाले नै वितरण गर्‍यो !

बुधबार, २१ फाल्गुन २०७६

काठमाडौं–जग्गा नापी भएको लामो समयसम्म पनि भूमिसुधार विभागले लालपुर्जा वितरण नगरेपछि मकवानपुरको बागमती गाउँपालिकाले स्थानीयलाई अस्थायी लालपुर्जा दिन थालेको छ ।

गाउँपालिका आफैँले अमिन र सर्वेक्षक नियुक्त गी स्थानीयले उपभोग गरेको जग्गा नापी गरेर लालपुर्जा दिन सुरु गरेको छ । ९ जना अमिन र एक सर्वेक्षक नियुक्त गरी गत वर्षको फागुनदेखि जग्गा नाप्न सुरु गरिएको हो ।

अलिहेसम्म ४ नम्बर वडाको करिब ५ सय परिवारको जग्गा नामजाँच गरी कित्ता छुट्याइएको वडाध्यक्ष रहरसिंह थिङले जानकारी दिए । जग्गा नापिएका मोहीलाई अस्थायी लालपुर्जासमेत बितरण भैसकेको छ । उक्त समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ । यो समाचार केशव समर्पणले लेखेका हुन् ।