काठमाडौंको पानीपोखरीमा पौने तीन लाख बराबरको धनमाल चोरी
काठमाडौँ -काठमाडौं महानगरपालिका(४ पानीपोखरीमा रहेको एक घरको कोठामा मङ्गलबार दिउँसो चोरी भएको छ।तनहुँको चन्द्रावती नगरपालिका(१३ घर भएका कमलहरी जिसीको कोठाबाट १ तोलाको सुनको औंठी, १ थान घडी र नगद ५२ हजार रूपैयाँसमेत गरी १ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो। चोरी कार्यमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।यसैगरी ललितपुरको ललितपुर महानगरपालिका(२८ हरिसिद्धीस्थित निरन्जन बरालको घरबाट डेढ तोला सुनका विभिन्न गहना चोरी भएको छ।प्रहरीका अनुसार करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।