नक्कली शैक्षिक प्रमाण–पत्र बुझाइ सेवा लिने सईविरूद्ध मुद्दा
काठमाडौँ -नक्कली शैक्षिक प्रमाण देखाई सेवा लिने प्रहरी नायब निरीक्षक (सई) विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सई उत्तम कार्कीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप–पत्र दायर गरेको हो।अख्तियारले नक्कली प्रमाणपत्र पेश गरी लामो समयदेखि सरकारी पदमा रहेकाले कारबाही गरी पाउँ भन्ने उजुरीका आधारमा अनुसन्धान थालेको थियो।अनुसन्धान हुँदा कार्कीले भारतको मगध विश्वविद्यालय बोधगयाबाट बिकम उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजायको मागदाबी लिई आरोपपत्र दायर गरिएको हो।