३ दिन ललितपुरको यी ठाउँमा ८ घण्टा बत्ती जाने
ललितपुर – ललितपुरका विभिन्न ठाउँमा बिहीबार, शनिबार र आइतबार आठ घण्टा बत्ती जाने भएको छ ।
पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकोले २२, २४ र २५ गते बिहान १० बजेबाट साँझ ६ बजेसम्म शटडाउन हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
फर्सीडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेत क्षेत्र लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा बत्ती जाने भएको हो ।
तोकिएको समयभन्दा अघि नै काम सकिए तोकिएको समयअघि नै बत्ती आउने प्राधिकरणले जनाएको छ ।