प्रेरक प्रसंग : मूर्ख स्वामीको गालामा चक्कु
काठमाडौं– मूर्ख स्वामीले भने– ‘हेर साथी हो ! म पनि एकपटक आपनो ससुराली गएको थिएँ । त्यहाँ मलाई घरपरिवारको कुशलता सोधिएपछि खाना खान हिँड भने । मेरो मुखबाट अनायसै निस्क्यो–’ मैले त खाएर आएको ।’ मैले यसो भने पनि त्यहाँ सबैले खान जाउँ, खान जाउँ भनेर आग्रह गरे । अनि मैले सोचें, ‘ज्यान जाओस्, शान नजाओस् !‘ अनि मैले मान्दैमानिन र सुतिदिएँ । तर राति भोकले हैरान पार्यो । म उठेर कता खानेकुरा होला भनेर खोज्न थालेँ ।
भाँडाहरु उठाउँदै हेर्दै गर्दा निस्केको आवाजले सासु उठिन् र मलाई चोर भनेर समातिन् । मैले एउटा कसार मुखमा राखेको थिएँ, त्यो एकदम साह्रो भएकाले फुटाउन पनि सकिन । उनले मलाई चिनिन् । चिनिन् र पनि को हौ ? भनेर सोधिरहिन् । मेरो मुखमा कसार भएकोले बोल्न सकिन र ‘हूँ हूँ ’ भनिरहे । कुनै रोगले मेरो मुख बन्द भयो होला भन्ने सोचेर उनले एउता वैद्यलाई बोलाउन लगाइन् । वैद्य आउनासाथ मेरो फुलेको मुख देखेर मेरो गालामा चक्मुले हाने । मेरो गालाबाट रगत बग्न थाल्यो । तर म पनि बाठो भएर तयो कसारलाई अर्को गालापटिृ लगें । वैद्यले भने– ’ ल अब यो रोग यताबाट सरेर उतापट्टि पुग्यो, अब अर्को एकपटक काट्यो भने भने यो निको हुन्छ ।’ उनले मेरो अर्कोपटिृको गालामा पनि चक्कुले हानेर गाला नै च्यातिदिए । फेरि के थियो र, त्यो कसार फुत्त निस्केर भुइँमा खस्यो । मेरो गोप्यता सबैसामु छरपष्ट भयो । त्यहाँ सबैजना हाँस्न थाले । मैले सबैलाई तिमीहरु सबै मुर्ख छौ भनेर त्यहाँबाट हिँडे र घर आएँ । त्यसपछि म अहिलेसम्म ससुराली गएको छैन ।