उपत्यकामा अब बस चढ्नुअघि ज्वरो नापिने
काठमाडौं–राजधानी उपत्यकामा सञ्चालित विद्युतीय बस चढ्ने यात्रुको ज्वरो नाप्न थालिएको छ । बसमा चढ्नु अगाडि ज्वरो नापिन्छ ।
विद्युतीय बस सुन्दर यातायातलाई चिनियाँ कम्पनीले नै ज्वरो नाप्न थर्मोमिटर पठाएको छ ।
कोरोना भाइरसको सन्त्रास फैलिएपछि चिनियाँ कम्पनी बीएकेले थर्मोमिटर पठाएको हो ।
ज्वरो देखिएमा यात्रुलाई गाडी चढ्न दिइने छैन । यो कम्पनीको राजधानी उपत्यकामा दुई वटा गाडी सञ्चालनमा छ ।