कोरियन एअरलाइन्सले यात्रुको तापक्रम नाप्न थाल्यो
काठमाडौं – कोरियन एअरलाइन्सले मार्च ५ देखि अर्थात आज बिहीबारबाट इन्चेनबाट हुने हरेक उडानहरु मार्फत् यात्रा गर्ने यात्रुहरुको तापक्रम नाप्ने भएको छ ।
कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै यात्रुको तापक्रम नाप्न सुरु गरिएको कोरिएन एअरलाइन्सले जानकारी दिएको छ । एयरलाइन्सले इन्चेनबाट हुने हरेक अन्तर्राष्ट्रिय उडान अघि बोर्डिङ गेटबाटै यात्रुहरुको थर्मल इमजिङ क्यामेरा र हाते थर्मोमिटरमार्फत् तापक्रम नाप्ने जनाएको छ ।
तापक्रम नाप्नेक्रममा ३७।५ डिग्री भन्दा बढी तापक्रम मापन भए कोरोनाको लक्षण मान्दै बोर्डिङ नगरिने एअरलाइन्सले जनाएको छ । कोरिएन एअरलाइन्सले यो कामका लागि ८ वटा थर्मल इमेजिङ क्यामराको प्रयोग गरिरहेको जनाएको छ ।
यसअघि फेब्रुअरी २९ देखि नै इन्चेनबाट अमेरिका उडान भर्ने यात्रुहरुको तापक्रम नाप्न उक्त एयरलाइन्सले सुरुवात गरिसकेको थियो ।