गोरखामा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु, दुई गम्भीर

शनिबार, २४ फाल्गुन २०७६

काठमाडौँ -गोरखाको सिरानचोक गाउँपालिका(८ धन्सारमा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जौवारीबाट चनौटेतर्फ जाँदै गरेको ग १ त ४६८२ नम्बरको ट्याक्टर धन्सारमा दुर्घटनामा परी दाङका २३ वर्षीय यज्ञबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटना ट्याक्टर चालकसहित २ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घाइते हुनेहरुमा ट्याक्टर चालक बारपाक सुलिकोट गाउँपालिका (६ का १९ वर्षीय सुमन अधिकारी र दाङ घर भएका सुवास थापामगर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।