नेपालमा कोरोना ४३७ को परीक्षण, ५ जनाको रिपोर्ट आउन बाँकी
काठमाडौँ- नेपालमा कोरोना संक्रमण आशंकामा अहिलेसम्म ४३७ जनाको नमुना (रगतरर्याल) परीक्षण गरिएको छ।तीमध्ये सुरुका १ जनामा कोरोना संक्रमण भेटिए पनि उपचारपछि उनी अहिले स्वस्थ भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।त्यसयताका कसैमा पनि कोरोना संक्रमण नदेखिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।अझै ५ जना आइसोलेसन ९टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल०मा छन्, ’ शनिबार बिहान प्रवक्ता देवकोटाले नेपालखबरसँग भने, ‘उनीहरुको रिपोर्ट आउन बाँकी छ।’आइसोलेसन भनेको शंकास्पद व्यक्तिलाई उसको नमुना परीक्षणको रिपोर्ट नआउन्जेल अस्पतालको अलग्गै वार्डमा राख्नु हो।अहिले दैनिक १र२ जना कोरोना परीक्षणका लागि अस्पताल आउने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।नमुना परीक्षण गरिएका उल्लिखित ४३७ जना चीनबाट उद्धार गरी ल्याइएका १७५ विद्यार्थीसमेत जोडिएको संख्या हो। चीनबाट ल्याइएका कसैमा पनि कोरोना देखिएन।यसअघि चीनको उहानबाट आएका तराईका एक विद्यार्थीमा भने कोरोना संक्रमण देखिएको थियो।
तर ती ३१ वर्षीय विद्यार्थी टेकु अस्पतालमा उपचारपछि अहिले पूर्ण रूपमा स्वस्थ भएको ट्रपिकल अस्पतालस्थित क्लिनिकल रिसर्च युनिटका कोअर्डिनेटर (संयोजक) डा। शेबरहादुर पुनले बताए।‘नेपालमा कोरोना लागे पनि निको भएको उदाहरण छ,’ शनिबार बिहान नेपालखबरसँग कुरा गर्दै डा। पुनले भने, ‘ती व्यक्ति एकदम स्वस्थ भएका छन्, त्यो मेरै आँखाले देखेको सफलता हो।’
उनी सप्तरीतिरका बासिन्दा भएको उनले बताए। तर उनको नाम उल्लेख गर्दा उनलाई सामाजिक रूपमा अप्ठेरो पर्ने डा। पुनको भनाइ छ।कोरोना लाग्ला कि भनेर सतर्कता अपनाउनुपर्ने भए पनि नेपालमा आवश्यकताभन्दा बढी नै आतंक फैलिएको उनको अनुभव छ।‘हामी कुनै दक्षिण कोरिया वा इटालीमा त छैनौं नि, अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण फैलिएको छैन,’ डा। पुनले भने, ‘त्यसो भनेर मैले कुनै सतर्कता नै जरुरी छैन भनेको हैन, तर हामीले मानसिकतामा धेरै कोरोना बोकेर हिँडेका छौं, त्योचाहिँ हटाउन जरुरी छ।अहिले रुघाखाकी, ज्वरोको मौसम नै भएकाले यस्ता लक्षण देखिनासाथ कोरोना नै भयो भनेर अस्पताल आउने व्यक्ति बढी भएको उनले बताए।‘अब अहिले रुघाखोकी लाग्नेबित्तिकै लौ, मलाई त कोरोना नै भयो भनेर आत्तिने मानिस धेरै भेटेको छु,’ उनले भने, ‘त्यस्तो आत्तिन जरुरी छैन, मलाई विश्वास छ, ब १र२ महिनापछि यो महामारीको त्रास हटेर जानेछ।’
उता स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटा भने विश्वमा कोरोना भाइरसको जोखिम जति छ, त्यति नै नेपालमा पनि हुने बताउँछन्।‘जोखिम त बाहिरी मुलुकमा जति भयो यहाँ पनि त्यत्ति नै हुने हो,’ उनले भने, ‘त्यही भएर हामी हरेकले आआफ्ना पक्षबाट सजगता र सतर्कता अपनाउन आवश्यक छ।’सरकारका तर्फबाट कोरोना भाइरस नेपाल भित्रिन नदिन कडाइपूर्वक सतर्कता र तयारी अपनाइएको प्रवक्ता देवकोटाको दाबी छ।विमानस्थलमा स्वास्थ्य डेस्क, विभिन्न देशका पर्यटकलाई अनअराइभल भिसामा रोकदेखि लिएर शंकास्पद व्यक्तिलाई अस्पतालको आइसोलेसन राख्नेसम्मका काममा सरकार सक्रिय रहेको उनले बताए।‘सरकारका तर्फबाट कोरोना रोकथामका लागि सक्दो प्रयास भइरहेको छ,’ प्रवक्ता देवकोटाले भने, ‘तर यसमा सबै पक्षको सहयोग जरुरी हुन्छ, हरेक व्यक्ति आफैं पनि सतर्क रहन आवश्यक छ।’अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कने, निस्कँदा मास्क अनिवार्य लगाउने, भिडभाडमा नजाने, सभारसमारोह नगर्ने, सरसफाइमा ध्यान दिने, साबुनपानीले हात धुनेजस्ता सतर्कता अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयको सुझाव छन्।