वर्षाका कारण ५३ जनाको मृत्यु

शनिबार, २४ फाल्गुन २०७६

काठमाडौँ- वर्षाका कारण रुवाण्डमा यस वर्ष ५३ जनाको मृत्यु भएको छ । गत जनवरीदेखि अहिलेसम्म वर्षापछिको घटनामा परी ५३ जनाको मृत्यु र ८४ जना घाइते भएको आपत व्यवस्थापन मन्त्रालयले शुक्रबार जनाएको छ ।मन्त्रालयका अनुसार वर्षाका कारण ८५८ वटा घर, १९६ हेक्टर जमिनको खेतीपाती, २३ वटा सडक, १७ वटा पुल र आठ वटा चर्चमा क्षति पुगेको छ ।रुवाण्डाको मौसम विज्ञान विभागका आधिकारीले अहिलेपनि देशका केही भागमा मौसम गडबड भइरहेको र यो क्रम आउदो जुनसम्म जारी रहने बताएका छन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार वर्षा तथा यस्ता घटनाका कारण गत वर्ष १०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने २३० भन्दा बढी घाइते भएका थिए । त्यसैगरी पाँच हजार घर क्षतिग्रस्त भएका थिए भने नौ हजार हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीको नोक्सान भएको थियो ।