सिङगिङ रियालिटी सो ‘नेपाल स्टार’ आजबाट
काठमाडौँ- ‘नेपाल स्टार’ सिङगिङ रियालिटी सो शनिबारबाट सुरु हुँदैछ । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ कार्यक्रम केही समयअगाडि नै घोषणा गरिएको हो ।देशको ७ वटै प्रदेशमा अडिसन सम्पन्न भइसकेको छ । कार्यक्रममा निर्णायकका रुपमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त रहनेछन् ।
सोका विजेतालाई ३५ लाख नगद पुरस्कार प्रदान गरिने छ । अन्तिम ४ प्रतिस्पर्धीलाई ५–५ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । ‘नेपाल स्टार’ले नेपालका ग्रामीण भेगमा रहेका गायन प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताइएको छ ।कार्यक्रम आज शनिबार राति ९ बजेदखि नेपाल टेलिभिजनमा प्रशारण हुनेछ । आज सुरुको कार्यक्रम पोखरा अडिसनबाट सुरु हुन्छ ।