नेपाली काँग्रेस हिंसाको अन्त्य चाहन्छ : शेरबहादुर देउवा

आइतबार, २५ फाल्गुन २०७६

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना प्रकट गरेका छन् ।

नारी दिवसका अवसरमा शुभकामना दिदै सभापति देउवाले नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको बताएका छन् ।

“गाउँशहरमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेका, महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता छ”, बक्तव्यमा उल्लेख छ ।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुता माथिको सबैभन्दा ठूलो खतरा मात्र नभएर मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक भएको बताउँदै सभापति देउवाले सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हिंसा भएको सन्देशमा उल्लेख गरेका छन् ।

“नेपाली काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ, महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्रा्ष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ विश्वास मैले लिएको छु”, सन्देशमा भनिएको छ ।