पत्रकार साहका हत्याका मुख्य अभियुक्त पक्राउ
काठमाडौं– बाराका पत्रकार विरेन्द्र साहको हत्याका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान ३ बजे बारागढी गाउँपालिका–५ स्थित घरमा लुकेर बसिरहेको अवस्थामा फौजदारलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले बताएका छन् ।
अदालतले फौजदारलाई मुख्य दोषी ठहर्याएको थियो । उनी फरार थिए । आज पक्रन सफल भयौं । घटनाको विस्तृत विवरण आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ, डीएसपी मिश्रले भने ।
तत्कालीन माओवादीका कार्यकर्ताहरूले १८ असोज २०६४ मा साहको अपहरण गरेका थिए । २३ कात्तिक २०६४ मा उनको शव जंगलमा फेला परेको थियो ।