यसरी सुरु भएको थियो महिला श्रमिक दिवस
काठमाडौँ- नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । समाजवादी महिला नेतृ रोजालक्जेमवर्ग र क्लाराजेडकिनले हिटलरको फासीवादी दमनको सामना गर्दै श्रमिक महिला दिवस जन्माउनु परेको थियो ।१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । यसको प्रारम्भीक थालनी आन्दोनलकै गर्भबाट भएको छ । ८ मार्च कै दिन १८५७ मा अमेरिकाको सिकागो सहरमा सुति कपडा कारखानामा त्यहाँ मजदुर महिलाहरुले कामको घण्टा घटाउनु पर्ने, समान कामको समान ज्याला हुनुपर्ने, सुत्केरी विदाको ब्यवस्था हुनुपर्ने, ट्रेडयूनियनमा महिला मताधिकार सुनिश्चित हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरे यो नै विश्वकै महिलाहरुको पहिलो एकताबद्ध विद्रोह थियो ।
यसपछि ८ मार्चकै दिन विश्वका विभिन्न ठाउँमा नारा जुलुस, प्रर्दशन, हड्ताल र आन्दोलन हुदै आए यसको संश्लेषित र संगठित रुपमा ब्यक्तः गर्ने जिम्मा १९१० मा जर्मनको कोपन हेगनमा समाजवादी महिलाहरुको दोस्रो विश्व सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने प्रस्तावलाई सर्वसहमतिले पारित भयो । जसको सेक्रेटरी क्लारा जेटकिन हुनुभयो । १९११ बाट विश्वभरी “अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन सुरु गरियो । “वर्गिय मुक्ति संगै महिला मुक्ति प्राप्तिका लागि” फासिवादी दमनको सामना गर्ने क्रममा रोजालक्जेमवर्गले बलिदान दिनु परेको थियो । नेपालमा २०१६ साल बाट मनाउन सुरु गरियो । नेपाली महिलाले पनि परिवर्तनका लागि सुरु भएका आन्दोलनहरुमा त्याग समर्पण र बलिदानका असंख्य कृतिमान कायम गरेतापनि सरकारमा पुग्ने पुलको रुपमा गरिए अधिकार प्राप्त हुनसकेको छैन ।