२ करोडभन्दा माथि ठगी गर्ने म्यानपावर व्यवसायी पक्राउ

आइतबार, २५ फाल्गुन २०७६

काठमाडौँ- म्यानपावर सञ्चालक बाबुराम श्रेष्ठलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।माल्टा पठाइदिन्छु भनेर ३०र४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले २ करोडभन्दा माथि उठाएर फरार भएको भन्दै उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।विभिन्न मासिहरूको उजुरी आएपछि श्रेष्ठलाई नेपालगञ्जबाट हिजो ९शनिवार० पक्राउ गरेर काठमाडौं ल्याइएको हो,’ डीएसपी बोगटीले भने ।काठमाडौंमा रहेको सिटी सेन्टरको मसाज सेन्टरलाई म्यानपावरको रूपमा देखाउँदै ३० देखि ४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले उठाएर भागेको भन्ने उजुरी परेको प्रवक्ता बोगटीले बताए ।

‘पहिलो चरणको उजुरी परेको छ, दोस्रो चरणका उजुरीहरू आइरहेका छन् । कति जना ठगिएका छन् भन्ने अझै एकिन भइसको छैन । सबै उजुरी आएपछि मात्र कति जना ठगिएका हुन् भन्ने पत्ता लाग्छ,’ डीएसपी बोगटीले भने।