एकै परिवारका पाँच जनामा देखियो कोरोना संक्रमण

आइतबार, २५ फाल्गुन २०७६

काठमाडौँ- भारतको केरलामा एउटै परिवारका पाँच जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतमा अहिलेसम्म कोरोनाका ३९ पोजिटिभ केस आएका छन् । केरलाकी स्वास्थ्यमन्त्री केके शैलजाले कोरोना संक्रमण देखिएका सबै जनालाई आइसोलेसन वार्डमा राखिएको बताएकी छिन् ।

यो पाँच जना बिरामी देखिएको परिवारका तीन जना इटालीबाट भारत फर्किएको र उनीहरुका अन्य दुई नातेदार उनीहरुको सम्पर्कमा आएपछि संक्रमित भएको शैलजाले जानकारी दिएकी छिन् ।कोरोना अहिले भारतका ६ प्रदेशमा देखिएको छ । अहिलेसम्म त्यहाँ सबैजसो बाहिरबाट फर्किएकाहरुमा कोरोना भाइरस संक्रमण देखिएको छ ।