एसईईको तयारीमा रहेकी किशोरीद्वारा आफनै घरमा आत्महत्या

आइतबार, २५ फाल्गुन २०७६

काठमाडौँ- एसइई परिक्षाको तयारीमा रहेकी एक किशोरीले आफनै घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।राजविराज ६ निवासी १६ बर्षीया संध्या यादव शनिबार राती आफ्नै घरमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । यही चैत्र ६ देखि हुने एसईई परिक्षाको तयारीमा रहेकी यादव घरायसी विवादमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।

छोरीसँगै खाना खाएर नजिकैको पसलमा गई केही बेरपछि फर्केकी आमाले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शवको आईतबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाईएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक यमलाल बन्जारेले बताए ।