यस्तो छ आज सुनचाँदीको मूल्य ?
काठमाडौँ- नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै तेजावी सुन तोलामा ८२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसअघि शुक्रबार पनि सुन र चाँदीको यही मूल्यमा कारोबार भएको थियो ।