बंगलादेशमा पनि ३ जना कोरोना भाईरस संक्रमित भेटिए

आइतबार, २५ फाल्गुन २०७६

काठमाडौँ- बंगलादेशमा कोरोना भाइरसबाट ३ जना संक्रमित भएका छन् ।आइतबार बंगलादेशमा ३ जना भाइरसबाट संक्रमित भएको त्यहाँका अधिकारीहरुले पुष्टि गरेका छन् । संक्रमित हुने तीन जना २० देखि २५ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् ।रोइटर्स समाचार माध्यमका अनुसार इटालीबाट फर्केका तीन व्यक्तिमा कोभिड(१९ पनि भनिने कोरोना भाइरस देखिएको हो ।

सुरुमा चीनको वुहानमा देखा परेको कोरोना भाइरस हालसम्म ८१ मुलुकमा फैलिइसकेको छ । भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७ हजार २ सय ३३ पुगेको छ । त्यस्तै ३ हजार ६ सय २९ जनाले ज्यान गुमाइसकेका छन् ।