अस्ट्रेलिया लैजाने भन्दै ठगी गर्ने पक्राउ

सोमबार, २६ फाल्गुन २०७६

काठमाडौैं – अस्ट्रेलिया लान्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर टेकुको टोलीले काठमाडौंको कपनमा बस्ने ललित तामाङलाई पक्राउ गरेको हो ।

तामाङले अस्ट्रेलिया पठाउँछु भनेर प्रतिव्यक्ति ४० लाख रुपैयाँ उठाएर ठगी गरेको काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए । तामाङबाट पीडित ४ जनाले प्रहरीमा ठगीमुद्धा दायर गरेसंगै प्रहरीले तामाङलाई खोजी गरिरहेको थियो ।

त्यस्तै, दुबई लाने भन्दै ठगी गर्ने धनुषाका २४ वर्षीय राजेश शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । शाहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रहरी प्रबत्ता डीएसपी होविन्द्र बोगटीका अनुसार, शाहले सप्तरी र धनुषाका ३२ जना युवालाई दुबई लैजान्छु भनेर ठगी गरेका थिए । उनले प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ उठाएको बोगटीको भनाइ छ ।

दुवै जनामाथि मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।