कर्णाली करिडोरको एक किलोमिटर चट्टान फोड्दै सेना
जुम्ला– कर्णाली क्षेत्रकै विकासको मेरुदण्डका रूपमा हेरिएको कर्णाली करिडोर निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । कर्णाली सरकारको पहिलो प्रथामिकता रहेकोहिल्सा नाका जोड्ने कर्णाली करिडोर निर्माणमा नेपाली सेना सक्रियताका साथ लागिरहेको छ । चीनसरकारको समेत चासो रहेको कर्णाली करिडोर निर्माणका लागि करिब ६४ अर्व लाग्ने अनुमान छ ।
चिनियाँ राष्ट्रपति सि चीन फिङको नेपाल भ्रमणमा संघीय सरकारले कर्णाली करिडोर अर्थात ‘जमुनाह–सुर्खेत–हिल्सा फास्ट ट्र्याक’लाई छलफलको एजेण्डामा समावेश गरेपनि चीनले दिएको ५६ अर्वको गौरबको आयोजनाभित्र कर्णाली करिडोर परेन । वाह्य लगानी बिनानिर्माण असम्भव रहेको करिडोरका अहिले नेपाली सेनाले भने चट्टान फोड्ने कामलाई अघि बढाएको छ । कालिकोटको हुम्लाबजार पारीको करिब किलोमिटर कडा चट्टानलाई फोड्नविगत एक महिनादेखि ब्लाष्ट गर्दै आएको छ । कालिकोट स्थित लालीघाट पोष्टको नेपाली सेनाले कर्णाली करिडोरको नयाँ ट्रयाक खोल्नका लागि जोखिम मोल्दै चट्टानफोडिरहेको छ । आइतबार ब्लाष्ट गर्दा राजमार्गमा यातायता रोकिएको क्रममा कारोबारकर्मीले गरेको कुराकानीमा सेनाले किलोमिटर लामो चट्टान फोड्दै आएको बताए ।