‘प्रधानमन्त्रीको स्वास्थ सामान्य छ, नियमित खानपान गरिरहेका छन्

बुधबार, २८ फाल्गुन २०७६


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ ।

‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण गरिएको आज आठौं दिन, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेम कृष्ण खड्काले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

‘उहाँले यसअघिजस्तै नियमित खानपान र व्यायाम गरिरहनुभएको छ,’ खड्काले भनेका छन् प्रधानमन्त्रीज्यूकी मृगौला दाता उहाँकी भाञ्जी श्रीमती समीक्षा संग्रौलाजी आज डिस्चार्ज गरिनुभएको छ ।