प्रेरक प्रसंग : पहिला आफ्नो कर्तव्य के हो बुझौं
काठमाडौं – एउटा जङ्गलमा दुईजना सिकर्मी शिशौको मुडा काटिरहेको थिए । सिकर्मीहरु, साधारणतया आरा चलाउने ठाउँमा अगाडि पटृी एउटा किल्ला गाड्छन्, जसले चिरिँदै गएको मुडालाई छुट्याएर राख्छ र त्यो किल्लालाई खट्किल्ला भनिन्छ ।
सिकर्मीहरु दिउँसो काठ चिर्न छोडेर खाजा खान गए । त्यतिकैमा मुडाको अगाडि खट्किल्ला गाडिएको थियो । त्यतिकैमा त्यहाँ एउटा बाँदर आइपुग्यो र खट्किल्लाको अगाडिपटृी बस्यो ।
त्यसरी बस्दा बाँदरको अण्डकोश मुडाको भित्रपटृी प¥यो । बाँदर त्यो खट्किल्ला देखेर मज्जाले मच्चाउन थाल्यो । हल्लाउँदा हल्लाउँदै त्यो खट्किल्ला निस्क्यो र दूईपटृीको चिरान जोडियो र उसको अण्डकोश च्यापियो । बाँदर त्यहीँ म¥यो ।
तसर्थ, फाल्तुको चकचक वा चेष्टाले दुनिया हसाउँने काम मात्र हुन्छ , जसले समस्या पनि ल्याउँछ ।