विप्लवका उदयपुर जिल्ला सेक्रेटरी पक्राउ
काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उदयपुर जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सेक्रेटरी जित बहादुर पुलामी मगरलाई प्रहरीले घेरा हालेर पक्राउ गरिएको हो ।
मगरलाई विहान ६ बजे पार्टीको कान गर्दै गर्दा घेरा हालेर मुर्कुटी नजिकको अधेरी खोलाबाट पक्राउ गरिएको प्रहरी निकट श्रोतको भनाई छ । पार्टीले संगठन विस्तार अभियान चलाई रहेको समयमा त्यही अभियान अन्तरगत पार्टी काम गर्दै गर्दा सिआइडिको सुराकीका कारण पक्राउ गरिएको नेकपाको भनाई छ ।
उनी संगै रहेका एक जना प्रहरीको पन्जाबाट भाग्न सफल भएको प्रारम्भीक सुचना प्राप्त भएको छ । यस विषयमा जिल्ला प्रशासन कार्यालय उदयपुरमा बुझ्दा पुलामीमगर पक्राउ बारे पुष्टी नभएको जनाएको छ । उदयपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी भिम प्रसाद भट्टराईले हल्ला आफूले पनि सुनेको तर पुष्टी हुन बाँकी रहेको बताए ।