कोरोना भाइरसको प्रभाव नेपाल भारत नाका बन्द
काठमाडौं– स्थलमार्ग भएर हुने नेपाल(भारत व्यापारमा कुनै अवरोध नभएको भन्सार कार्यालयहरुले जनाएका छन् । नेपाल(भारतबीच ठूलो मात्रामा व्यापार हुने वीरगन्ज, भैरहवा, विराटनगर र सुख्खा बन्दरगाहको व्यापार नियमित र निरन्तर रहेको भन्सार कार्यालयहरुले जनाएका छन् ।
होलीको सार्वजनिक बिदामा ग्याँस र पेट्रोलियम पदार्थबाहेक अन्य ब्यापार रोकिए पनि बुधबारबाट सामान्य रहेको वीरगन्ज भन्सार कार्यालयका भन्सार प्रमुख डुण्डी निरौलाले अनलाइनखबरलाई बताए । ‘होलीको बिदामा दुई दिन ग्यास, डिजेल र पेट्रोल बाहेक अन्य आयात प्रभावित थियो अहिले नियमित छ,’ निरौलाले भने । चालु आर्थिक वर्षमा वीरगन्ज भन्सार भएर मुलुकको कुल आयातको सबैभन्दा धेरै ३४ प्रतिशत व्यापार भएको थियो ।