रमेश खरेलले शुरू गरे नयाँ अभियान
काठमाडौं–पूर्वडीआईजी रमेश खरेलले राजनीतिक दल खोल्ने उद्देश्यका साथ भ्रष्टाचारविरुद्धको अभियान घोषणा गरेका छन्।
काठमाडौंमा आज सार्वजनिक कार्यक्रमार्फत् उनले ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गरेका हुन्।
“देशमा भएको कुशासनका लागि जनतालाई सचेत बनाउन अभियान थालिएको हो, कार्यक्रमको औपचारिक शुरूआत हुनुअघि पत्रकारसँग कुरा गर्दै उनले भने, “यो अभियान देशैभर पुर्याउने लक्ष्य छ।
देशको दुरावस्थाका कारण जनतामा चरम निराशा छाएको बताउँदै उनले आफूहरूजस्तो ‘जाने(बुझेको’ व्यक्ति अहिले नबोले कहिले बोल्ने भन्ने सोचेर अभियान शुरू गर्न लागेको बताए।
भ्रष्टाचारविरोधी अभियानमा जोडिन चाहने सबै पक्षसँग मिलेर जाने पनि उनले बताए। पूर्वडीआईजी खरेलले ६ महीनापछि राजनीतिक दलको रूप दिने उद्देश्य राखेर आज अभियानको घोषणा गरेका हुन्।