कोहलपुरमा भयानक दुर्घटना, कति भयो क्षेति ?

बिहिबार, २९ फाल्गुन २०७६

काठमाडौं – बाँकेको कोहलपुर भयानक दुर्घटना भएको छ । दुर्घटना परि एक जनाको ज्यान भएको छ । अटो चालक बैजनाथ गाउँपालिका–२ मकैबारीका जय बहादुर रोकाको उक्त दुर्घटनामा परि ज्यान गएको छ ।

बिहिवार बिहान मदनचोकदेखि तीव्र गतिमा आइरहेको भे १ ख २१२९ नम्बरको माइक्रो बसले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको गेटनजिकै भे १ ह १६५३ नम्बरको तिन पाङ्ग्रे अटोलाई ठक्कर दिदा रोकाको ज्यान गएको हो ।

अन्य अटोमा सवार तीन जना छाइते भएका छन । उनीहरुको अवस्था पनि गम्भिर छ । उनीहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

घाइते मध्ये बैजनाथ गाउँपालिका–१ चिसापानीका सुजन शाही, जुम्लाको तिला गाउँपालिका ५ का मदन शाही र परिचय नखुलेका अर्का एक जना गम्भिर रहेको प्रहरीले जनाएको छ । उता बसमा सवार यात्रुहरु भने सामान्य घाइते भएका छन् ।