तीन दिने कृषि तालिम सम्पन्न

बिहिबार, २९ फाल्गुन २०७६

काठमाडैं–कृषि पयर्टन उद्यमीहरुको विकासका लागि तीन दिने आवासीय तालिम धुलिखेलमा सम्पन्न भएको छ। स्टेइन फर्मको आयोजना तथा हासेराको सहयोगमा तीन दिने कार्यक्रम धुलिखेलस्थित पातले खेतमा सम्पन्न भएको हो। तालिममा कृषि तथा बन विज्ञान विश्वविद्यालय, कृषि तथा वन विज्ञान अध्ययन संस्थान र इञ्जिनियरिङ संस्थानका विद्यार्थीको सहभागिता थियो।

विद्यार्थीलाई हासेराका कार्यकारी निर्देशक तथा नेपालमा फर्माकल्चर ल्याउने गोविन्द शर्माले फर्माकल्चरको बारेमा तालिम दिएका थिए। दुईदेले फर्मका निर्देशक सञ्जय काफ्लेले कृषि फर्मका आधारभूत कुरा, त्यसका प्रविधिक पक्ष र कृषि फर्म सञ्चालनमा ध्यान दिनुपर्ने विषयमा तालिम दिएका थिए।

ओखरबोट अर्गानिक फर्मका निर्देशक जोन हम्मेलले नेपालमा कृषि पर्यटनमा आधारित फर्म सञ्चालन गर्दा हुनसक्ने चुनौती र सम्भावनाको बारेमा विद्यार्थीलाई आफ्ना अनुभव साटेका थिए। हासेर फर्मका प्रशिक्षक विवेक धितालले फर्मको व्यापारिक मोडल, फर्माकल्चर डिजाइन र स्टेइन फर्मका प्रबन्ध निर्देशक अजय पाण्डेले फर्मको डिजिटल र ब्रान्डिङको बारेमा तालिम दिएका थिए। पाण्डेले भने, ‘युवाहरुको कृषि पर्यटन क्षेत्रमा रुचि देखेर खुसी भएका छौं। देशमा आउने पर्यटकलाई यहाँको कृषि देखाएर पनि हामीले लोभ्याउन सक्छौँ।