अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीले मागे छुट

बिहिबार, २९ फाल्गुन २०७६

 

काठमाडौं– विश्वको विभिन्न देशबाट नेपालमा उडान गर्दै आएका एयरलाइन्स कम्पनीहरुले पार्किङ, ग्राउन्ड ह्यान्डलिङलगायतमा तिर्दै आएको रकम छुट गर्न माग गरेका छन्। एयरलाइन्स कम्पनीका कन्ट्री म्यानेजरहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई भेटर विमानस्थलले लिँदै आएको सेवा शूल्कमा छुट तथा केही कम गर्नु पर्ने माग राखेका हुन्। एयरलान्स कम्पनीका कन्ट्री म्यानेजरले बुधबार मन्त्री भट्टराईलाई भटेका थिए।