१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने समातिए
तनहुँ – ८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका २ दमौली घर भएका ४६ वर्षीय हेम सिंह शाहीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
शाहीले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका २६ अमृतमार्ग ठमेलस्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ