त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान

शनिबार, १ चैत्र २०७६

काठमाडौं –सधैं मानिसको भीडभाडले घेरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ ।

‘कोरोनाभाइरस’को त्रासका कारण नेपाल सरकारले विभिन्न मुलुकका नागरिकलाई दिने ‘अनअराइभल भिसा’मा रोक लगाएपछि विमानस्थल भएर ओहोर–दोहोर गर्ने यात्रीको संख्या घटेको हो ।

योसँगै सरकारले तत्कालका लागि विभिन्न मुलुकको श्रमबजारमा जाने कामदारको श्रम स्वीकृतिसमेत रोकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यासमेत घटेको छ ।

सरकारले श्रम स्वीकृति रोकेपछि कामका लागि विदेशिन ठिक्क परेका सयौं नेपाली कामदारले हवाई टिकट रद्द गरेका छन् ।