लुम्बिनी जनरलको लिलामी सेयरमा कति कायम भयो कट अफ प्राइस

आइतबार, २ चैत्र २०७६

काठमाडौं– लुम्बिनी जनरल इन्सुरेन्सको लिलामी सेयरको कट अफ भाउ सार्वजनिक भएको छ । प्रारम्भिक विवरण अनुसार यसमा प्रतिकित्ता न्यूनतम ४८२ रुपैयाँ तोकेर लिलामी भर्नेले सेयर पाउने भएका छन् । यद्दपि, अन्तिम नतिजा आउन बाँकी रहेको बिक्री प्रबन्धक सीबीआइएल क्यापिटलको भनाई छ । यसमा सामान्य मात्र तलमाथि हुन सक्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

कम्पनीले फागुन १४ गतेदेखि २१ गतेसम्म सर्वसाधारण समूहको ९९ हजार ७२६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । लुम्बिनीले यसअघि गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म २०५ हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला बिक्री नभएको सेयर अहिले लिलामीमा ल्याइएको हो ।