तारमा हुक लगाई विद्युत् चोरी गर्ने १७ जना पक्राउ
काठमाडौं–तारमा हुक लगाई विद्युत् चोरी गर्ने १७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र विद्युत् प्राधिकरण पोखरियाको संयुक्त टोलीले पर्साका विभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ परेका हो ।
पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–२ का सुरूज महरा,जोखु माझी, पर्सागढी नगरपालिका–७ का चन्द्र दास ,मुनिलाल दास ,अरुण महतो जुमन मिया ,जय करण सिंह ,पप्पु प्रसाद पटेल ,खलिल मिया ,हरी माझी छन् ।
यस्तै बली माझी,कृष्ण माली भगत ,रूपेश मुखिया ,मुकेश मुखिया ,अलख प्रसाद यादव ईस महमद मियाँ र सुरेन्द्र सहनी छन् ।