नेपालभारत मैत्री बस सेवा बन्द

आइतबार, २ चैत्र २०७६

कञ्चनपुर –कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल भारत मैत्री बस सेवा आइतबारदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरस संक्रमणको कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले जानकारी दिए ।

ुजिल्ला प्रशासन कार्यालयमार्फत भारतीय प्रदेश सरकारको पत्रको जानकारी दिँदै बस सेवा रोक्न भनिएपछि बस सेवा बन्द गरेका छौँु, उनले भने । अर्को आदेश नआउँदासम्म बस सेवा रोकिएको उनले बताए ।

महाकाली यातायातले नयाँदिल्ली, देहरादुनलगायतका क्षेत्रमा नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ । महाकाली, पवनदूतलगायतका आधा दर्जन बढी नेपाल–भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका छन् ।